दफा २२
ढुबानीकर्ताको दायित्व
खाद्य पदार्थको ढुवानीकर्ताले प्रचलित कानून बमोजिम पूरा: गर्नु पर्ने दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः-
(क) (दूध, माछा, मासु जस्ता विशेष व्यवस्था गरी ढुवानी गर्नु पर्ने खाध पदार्थ तोकिए बमोजिमको मापदण्ड अनुरुपको ढुवानीको साधनबाट ढुवानी गर्ने,
(ख) स्वच्छ, सफा, टुटफुट नभएको, राम्ररी मर्मत गरिएको साधनबाट मात्र ढुवानी गर्ने,
(ग) खाध्य पदार्थ र अखाद्य पदार्थ सँगै राखेर ढुवानी नगर्ने,
(घ) ढुवानी गरिने खाद्य पदार्थको प्रकृति अनुसार निर्धारित अवधिभित्र नै ढुवानी गर्ने, र
(ङ) ढुवानी गर्दा खाद्य पदार्थको स्वच्छता, गुणस्तर तथा सुरक्षात्मक व्यवस्था अवलम्बन गर्ने।